नेसाज नलेज ट्रन्सफर कार्यशाला गोष्ठी २०१० भब्यताका साथ सम्पन्न
News by- Sunita Karki    |   From- Kathmandu     |     Feb. 24, 2010

नेसाज नलेज ट्रन्सफर कार्यशाला गोष्ठी २०१० नागोया स्थित नागोया इन्टरनेशनल सेन्टरमा फेब्रुबरि २१, आ इतबारका दिन जापानका लागि नेपालका महामहिम राजदूत डा. गणेश योञ्जन तामाङको प्रमुख अतिथ्यतामा भब्यताका साथ सम्पन्न भएको छ| नेसाजका अध्यक्ष राजेंद्र प्र. पराजुलीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रम नेसाजकै उपाध्यक्ष सरोज कंडेलद्वारा सञ्चालन भयो भने आयोजक कमिटीका अध्यक्ष डा.बसन्त कु. गौतम को स्वागत मन्तब्यबाट शुभारम्भ भएको थियो|

 

एन आर एन जापानका राष्ट्रिय संयोजक डा. सुदीप अधिकारी र पूर्ब नेसाज सभापति ऋषब पौडेलको मंतब्य पछि गोष्ठीको विशिष्ट समयमा ओसाका बिश्वविद्यालयका प्रोफेसर किमिहिदे मुसाकोजिले“नेपालको सन्दर्भमा संघियता”शीर्षकमा आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो| युगोस्लोभाकिया र नेपालको परिस्थितिलाई तुलना गर्दै संघियता मा जादा कुनै पश्चिमी मुलुकको मोडेल अनुसार नभई आफ्नै बिषेशतालाई मद्य नजर राख्दै "buttom up approach" बाट बिकेंद्रिकरणलाई मजबूत गर्ने खालको संघियता नेपालको परिप्रेक्षमा बढि उपयुक्त हुन सक्ने तर्क प्रस्तुत गर्नु भएको थियो।नेपालको परिप्रेक्षमा अत्यन्त सान्दर्भिक र समसामयिक विषयबस्तु भएकोले यो कार्यपत्र र यसमाथिका छलफलहरु निकै जिबंत एबम उपयोगी तथा प्रासंगिक ठानिएको थियो | नेसाजले पहिलोपटक नागोया शहरमा आयोजन गरेको यो नेसाज नलेज ट्रन्सफर कार्यशाला गोष्ठी २०१० भब्यताकासाथ सम्पन्न गर्नका लागि सुभकामना ब्यक्त गर्दै महामहिम राजदूत डा. गणेश योंजन तमांगद्वारा एकेडॅमिक कार्यक्रमको उपयोगिता माथि प्रकाश पार्दै यस्ता कार्यक्रमको निरंतरताको समेत कामना गर्नुभएको थियो| पहिलो सेसनको समापन नेसाज सभापतिद्वारा आयोजक कमिटी तथा उपस्थित सम्पुर्ण साथीहरुलाई धन्यवाद ज्ञापन गर्दै गर्नु भएको थियो| दिवा भोजन पछि सुरु भएको दोश्रो सेसन मा मधुसुदन कायस्थ द्वारा "नेपालमा फाइबर अप्टिकको अबस्था र सम्भाब्य", सोबिता कोइराला द्वारा“Early Childhood Development Program in Japan”, प्रा. डा. मासायुकी वातानाबे द्वारा “Community Based Rehabilitation in Nepal: Challenge for Inclusive Society” बारे निक्कै चाख लाग्दा प्रस्तुति गर्नु भएको थियो र उत्तर प्रस्तुति तथा छलफल निक्कै जिबन्त थियो |


अन्यमा प्राबिधिक सेसन अंतर्गत कृष्ण कु. भेटवाल द्वारा स्टीलको स्तर सुधार मा गरिएको सफल अनुसन्धान, इश्वर खत्रीद्वारा सोलार इनर्जिका सम्भाबना र चुनौती तथा, बिपिन खनाल द्वारा संयोजनकारी सफ्टवेरको बिकास र अन्त्य मा होम प्र. अधिकारीबाट नेपालमा लघु जल बिधूतका संभावना र चुनौतीको बारेमा गरिएको अनुसन्धानात्मक नतीजा प्रस्तुत गर्नु भएको थियो| General सेसनको chair ऋषब पौडेलले गर्नुभएको थियो भने प्राबिधिक सेसनको chair डा. सुदीप अधिकारीले गर्नु भएको थियो| दुबै सेसनमा निकै जिबन्त छलफल भएको थियो| नागोया वासीको ७० देखि ८० संख्यामा उपस्थिति का बिच सम्पन्न उक्त कार्यक्रमको अन्त्यमा जापानमा नेपाली बिध्यार्थीको अबस्था बिषयक सरोज कंडेलको भिडियो सामग्री निक्कै रोचक थियो| अन्त्यमा उपस्थित सबैको लागि नेसाजले आयोजना गरेको रात्रिभोज तथा अन्तर्क्रिया कार्यक्रम पनि निक्कै जमेको थियो|

विमल अधिकारी
नेसाज नलेज ट्रन्सफर सिम्पोजिएम २०१०, ब्यबस्थापन कमिटि


Google
 
www.dcnepal.com
Comments
Post Comments
Full Name
Email Address
Website
Comment
 
Google
 
www.dcnepal.com
 View More Archive News »
An online newspaper, also known as a web newspaper, is a newspaper that exists on the World Wide Web or Internet, either separately or as an online version of a printed periodical. Going online created more opportunities for newspapers, such as competing with broadcast journalism in presenting breaking news in a more timely manner. The credibility and strong brand recognition of well-established newspapers, and the close relationships they have with advertisers, are also seen by many in the newspaper industry as strengthening their chances of survival. The movement away from the printing process can also help decrease costs. Professional journalists have some advantages over blogs, as editors are normally aware of the potential for legal problems. Online newspapers are much like hard-copy newspapers and have the same legal boundaries, such as laws regarding libel, privacy and copyright, also apply to online publications in most countries, like in the UK. Also in the UK the Data Protection Act applies to online newspapers and news pages. As well as the PCC rules in the UK. But the distinction was not very clear to the public in the UK as to what was a blog or forum site and what was an online newspaper. In 2007, a ruling was passed to formally regulate UK based online newspapers, news audio, and news video websites covering the responsibilities expected of them and to clear up what is, and what isn't, an online publication. News reporters are being taught to shoot video and to write in the succinct manner necessary for the Internet news pages. Many are learning how to implement blogs and the ruling by the UK's PCC should help this development of the internet. Journalism students in schools around the world are being taught about the "convergence" of all media and the need to have knowledge and skills involving print, broadcast and web. Some newspapers have attempted to integrate the internet into every aspect of their operations, i.e., reporters writing stories for both print and online, and classified advertisements appearing in both media; others operate websites that are more distinct from the printed newspaper